करिब दुई सातापछि मंगलबार आज अपराह्न १ बजे बस्ने भनिएको सदनको बैठक सत्तासाझेदार दल र प्रमुख प्रतिपक्षी दलकाबीचमा सो विषयमा कुरा नमिलेपछि विशेष कारण जनाउँदै बुधबार अपराह्न २ बजेसम्मका लागि सूचना टाँस गरी स्थगन भएको हो ।
विशेष गरी सरकारलाई साथ र सहयोग दिँदै आएको मधेसकेन्द्रित दलले कार्यसूचीमा संविधान संशोधनलाई प्रवेश गराउनुपर्ने अडान र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संशोधनको औचित्य नरहेको भन्दै कार्यसूचीमा राख्न नहुने धारणाा राखेपछि सदनको बैठक एक दिन पर सारिएको हो ।
सभामुख ओनसरी घर्तीले बैठक बस्नुअघि प्रमुख दलका सचेतकसित छलफलसमेत गरेकी थिइन् ।
गत माघ २३ गतेपछि सदनको बैठक आज बस्न लागेको थियो ।
मन्त्रिपरिषदको सोमबार बसेको बैठकले संविधान संशोधनको विषयलाई सदनमा अगाडि बढाउने निर्णयसमेत गरेको थियो । रासस





प्रतिक्रिया दिनुहोस्