प्रधानमन्त्रीले डाकेको सर्वदलीय बैठकमा मधेसी मोर्चाका नेताहरु अनुपस्थित • Image Khabar Image Khabar


प्रधानमन्त्रीले डाकेको सर्वदलीय बैठकमा मधेसी मोर्चाका नेताहरु अनुपस्थित


Imagekhabar
१० फाल्गुन २०७३, मंगलवार १७:५५

प्रधानमन्त्रीले डाकेको सर्वदलीय बैठकमा मधेसी मोर्चाका नेताहरु अनुपस्थित

                                                                                     फाइल फोटो
बैठकमा आन्दोलनरत् संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरु अनुपस्थित रहेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आह्वान गरेको बैठकमा मोर्चाको मागबमोजिम संसदमा प्रस्तुत् संविधान संशोधन विधेयक त्यहीरुपमा छलफलमा लैजाने वा त्यसमा सहमतिका आधारमा परिमार्जन गर्ने विषयमा छलफल भइरहेको छ ।

बैठकबाट बाहिरिएका मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले आगामी वैशाख ३१ का लागि स्थानीय तहको निर्वाचनको मिति तोकिनु सकारात्मक भएपनि त्यसलाई निर्बिध्नतापूर्वक सम्पन्न गर्न मोर्चा र थारु, जनजाति समूहलाई सहमतिमा ल्याउने गरी संंविधान सशोधन हुनुपर्ने बताए । रासस

प्रतिक्रिया दिनुहोस्