निर्वाचनको मिति घोषणा भएकोमा चीन खुसी • Image Khabar Image Khabar


निर्वाचनको मिति घोषणा भएकोमा चीन खुसी


Imagekhabar
१० फाल्गुन २०७३, मंगलवार २०:२७

निर्वाचनको मिति घोषणा भएकोमा चीन खुसी

नेपाल र चीनबीचको आपसी सहयोग र सदभावपूर्ण सम्बन्ध तथा समसामयिक विषयमा भेटघाटकेन्द्रित भएको भेटपछि कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

भेटका अवसरमा राजदूत होङले नेपालमा स्थानीय तहको निर्वाचनको मिति घोषणा भएकोमा खुसी व्यक्त गर्दै नेपालको पर्यटन, कृषि, विद्युत्लगायतका क्षेत्रमा विकासका लागि सहयोग पुर्‍याउन चीन इच्छुक रहेको धारणा व्यक्त गरिन् ।

उक्त अवसरमा सभापति देउवाले आवधिक निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष रहेकाले स्थानीय तहको निर्वाचन गरिनु अपरिहार्य रहेको बताउँदै संविधान संशोधनका लागि संसदमा पेस भएका संशोधन प्रस्ताव पारित हुने र तराईकेन्द्रित दलहरुको भावनासमेत सम्बोधन हुने विश्वास व्यक्त गरे ।

उनले नेपालको विकासमा चीन सरकार र त्यहाँका जनताबाट प्राप्त निरन्तर सहयोग र सद्भावको हार्दिक सह्राना पनि गरेको मुख्यसचिव पौडेलले जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । रासस

प्रतिक्रिया दिनुहोस्