२५ बैशाख २०८२, बिहिबार | Fri May 9 2025


अमेरिकामा आप्रवासीलाई देश निकाला गर्ने नयाँ नियम, एक करोड १० लाख विदेशी निसानामा


0
Shares

राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले कागजात नभएका र आपराधिक गतिविधिमा संलग्न आप्रावासीलाई देश निकाला गर्ने नयाँ नियम लागू गरेको हो ।

यस अतिरिक्त ट्राफिक नियम पालना नगर्ने, चोरीको घटनामा संलग्न जो कोही पनि यसको निशानामा पर्ने छन् ।

यसले एक करोड १० लाख विदेशीलाई असर पर्ने बिश्लेषण गरिएको छ ।

यद्यपि, अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाको कार्यकालमा अमेरिका प्रवेश गरेका आप्राबासी बालबालिकाको हकमा भने यो नियम लागू नहुने जनाइएको छ ।

यो नियम लागू गर्न अमेरिकाको होमल्याण्ड सुरक्षा विभागले १० हजार अतिरिक्त अधिकारी नियुृक्त गर्ने छ ।

कार्वाहीमा पर्ने ब्यक्ति लगातार दुई बर्षसम्म अमेरिका बसेको प्रमाण भेटिएमा भने छुट दिइने जनाइएको छ ।

यसरी देश निकालामा पर्नेहरु जुनसुकै देशको नागरिक भएपनि मेक्सिको पठाइने ट्रम्प प्रशासनले प्रष्ट गरेको छ । (एजेन्सी)