१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


मंगलबार स्थगित संसद बैठक आज फेरि बस्ने


0
Shares

बैठकमा संविधान संशोधन प्रस्ताव अगाडी बढाउने प्रयासमा सरकार जुटेको छ ।

संविधानमा असन्तुष्टी राखेर आन्दोलनमा रहेको मधेसी मोर्चाका मागसमेत समेट्न भन्दै सरकारले संविधान संशोधनको प्रस्ताव संसदमा पेश गरेपनि विपक्षी एमालेसहितका दलको विरोधका कारण छलफल गराउन सकेको छैन ।

संशोधन प्रस्तावलाई सँगै अगाडी बढाउने र मधेसी दलको चासोलाई पनि संबोधन गर्ने भन्दै सरकारले अस्ती फागुन ९ गते स्थानीय निर्वाचनको मिति घोषणा गरेको थियो ।

आगामी बैशाख ३१ गते निर्वाचनको मिति घोषणा गर्दै सरकारले चुनावको बातावरण बनाउन संशोधन प्रस्तावलाई संसदीय प्रक्रियामा लगेर टुंग्याउन खोजेको हो ।

यसैका लागि सरकारले हिजो सर्वदलीय बैठकसमेत आह्वान गरेको थियो । यद्यपि, उक्त बैठकमा मधेश केन्द्रित दलका नेताहरु भने सहभागी भएनन् ।