Logo १५ असार २०८३, सोमबार | Tue Jun 30 2026


पौने दुई अर्ब करछलीको आरोपमा २४ जनाविरुद्ध मुद्दा दायर


0
Shares

काठमाडौं, फागुन २१ । राजस्व अनुसन्धान विभागले एक अर्ब ७५ करोड रुपैयाँ रकम करछलीको आरोपमा २४ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।

राजस्व चुहावटमा संलग्न परमेश्वर साह र जयकिशोर साहसहित २४ जनामाथि मुद्दा दायर गरिएको विभागले जनाएको हो ।

नक्कली तथा झुटा बिल–बिजकहरु बनाइ र निम्न आयस्रोत भएका मजदुरहरुलाई प्रलोभन देखाइ फर्म दर्ता गर्ने, भ्याटमा दर्ता गराउनेलगायतका काम गर्दै आएको विभागले जनाएको छ ।

यस्तै, उनीहरुको नाममा बैंक खातासमेत खोलेर कारोबार गर्ने गरेको पाइएको पनि विभागले जनाएको छ ।

विभागले चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा राजस्व चुहावट गरेको आरोपमा १६७ जनाविरुद्ध ९ अर्ब ३८ करोड बिगो र जरिवाना साथै तीन वर्षसम्मको कैद माग–दाबीसहित मुद्दा दायर गरेकोे जनाएको छ ।

यस अवधिमा ३५ किलो सुनपनि बरामद गरिएको विभागले जनाएको छ ।