मिदिमखोला जलविद्युतले बैंशाख अन्तिमदेखि विद्युत उत्पादन थाल्ने

२२ महिनादेखि बनाइदै गरिएको आयोजनाले निर्माण सम्पन्न गरी विद्युत उत्पादन थाल्ने भएका हो । युनियन हाईड्रोपावरले निर्माण गरिरहेको ३ मेगावाटको मिदिम करापु जलविद्युत आयोजनाको ९० प्रतिशत काम सकिएको हो ।
आयोजनाका प्रमुख दीपबहादुर सिंहका अनुसार भूमिगत सुरुङ, विद्युत गृहको सिभिलतर्फ, बाँध क्षेत्र लगायत निर्माणको काम ९० प्रतिशत सकिएको हो ।
ढिलोमा गत असार १ मै काम सकाउनुपर्ने आयोजनाले भूकम्प, नाकाबन्दीबाट सृजित इन्धन र मजदुर अभावका कारण ढिलो हुन गएको जनाएको छ ।
पश्चिम लमजुङको करापु र नाल्मा गाउँको सिमानामा आयोजना बनाउन लागिएको हो ।
स्वदेशी लगानीमा निर्मित आयोजना र नेपाल विद्युत प्राधीकरणबीच सुख्खायाममा ८ रुपंैयाँ ४० पैसा र बर्षायाममा ४ रुपैयाँ ८० पैसा किन्ने पीपीए सम्झौता भएको हो ।