Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


निर्वाचनको वातावरण बनाउन नयाँ शक्तिको माग


0
Shares

                                                                                  फाइल फोटो
पार्टीका संयोजक डा. बाबुराम भट्टराईले बुधबार एक प्रेस विज्ञप्ति जारी गरी जारी संविधानप्रति असन्तुष्ट पक्षको माग सम्बोधन गर्न, संविधान संशोधन तथा प्रदेशको सीमांकनको विषय हल गर्दै स्थानीय तह पुनःसंरचनाको विवाद अन्त्य गर्न सरकारसँग माग गरे ।

स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचनका लागि सर्वपक्षीय सरकारको गठन गर्न आग्रह गर्दै उनले भौगोलिक अखन्डताको संरक्षण गरी राष्ट्रिय एकता सुदृढ गर्न स्थिरता र विकासको सुनिश्चितताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्ने बताए ।

संयोजक डा. भट्टराईले निर्वाचनमा हुने भ्रष्टाचार, अनियमितता रोक्न र सबैको पहुँच कायम गर्न निर्वाचन खर्च निश्चित मापदन्डका आधारमा राज्यकोषबाट व्यहोर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिँदै समय र खर्चको मितव्ययिता अपनाउन संघ, प्रदेश र स्थानीय तह तीनओटैको निर्वाचन एकैचोटी सम्पन्न गर्न माग गरे । रासस