
पत्रकारलाई मोटरसाइकलमा जाँदै गर्दा पछाडि तानेर कुटपिट गरिएको प्रत्यक्षदर्शीले जनाएका छन् । उनको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
यसअघि, मधेसी मोर्चाका कार्यकर्ताले जनकपुरस्थित एमालेका नेता रघुवीर महासेठको घरमा तोडफोड गरेका थिए ।
आन्दोलनरत् मोर्चाका कार्यकर्ताले गरेको ढुंगामुढाबाट महासेठको घरको दुईओटा झ्यालको सिसा फुटेको छ ।
मोर्चाको बन्दकाबेला जनकपुरमा आएका एमाले वरिष्ठ नेता बामदेव गौतम मोर्चाको घेराऊमा परे ।
मंगलबार नै पार्टीको कार्यक्रममा सहभागी हुन मोर्चाको कडा विरोधका बाबजुद् जनकपुर आइपुगेका नेता गौतमलाई बुधबार एमाले नेता रघुवीर महासेठको घरमा बसेकाबेला मोर्चाका नेता–कार्यकर्ताले घेराऊ गरेका हुन् ।
नेता महासेठको घरमा तोडफोड र नेता गौतमलाई घेराऊ गरेपछि एमालेका कार्यकर्ताले प्रतिकार गर्दा केहीबेर झडप भएको थियो । झडपमा परी मोर्चाका दुई कार्यकर्ता घाइते भएका छन् ।
घाइते हुनेमा सद्भावना पार्टीका राजु साह र कुलदीप साह रहेको र उनीहरुको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको जनाइएको छ ।
झडपमा एमालेका केही कार्यकर्ता घाइते भएको प्रहरीले बताएको छ ।
सरकारले संविधान संशोधन नगरी स्थानीय तहको निर्वाचन घोषणा गरेको विरोधमा आन्दोलित भएका मधेसी मोर्चाले बुधबार मधेस बन्द गरेको हो । मधेस बन्दकाक्रममा जनकपुरमा बिहानैदेखि मोर्चाका नेता–कार्यकर्ताले मोटरसाइकलमा र्याली प्रदर्शन गर्दै पसल, बजार, शैक्षिक संस्थान र यातायात ठप्प बनाएका छन् ।
यसैबीच, मधेसी दलनिकट विद्यार्थी मोर्चाले जनकपुरका क्याम्पसमा तालाबन्दी गर्दै स्ववियु चुनाव हुन नदिने घोषणा गरेका छन् ।
मोर्चाका कार्यकर्ताले नगरका विभिन्न स्थानमा टायर बालेर विरोध प्रदर्शन गरेका थिए । रासस
प्रतिक्रिया दिनुहोस्