
बुधबार आफ्नो वार्षिक रिपोर्ट सार्वजनिक गर्दै एम्नेस्टीले ट्रम्पलाई त्रास बढाउने, आरोप–प्रत्यारोप र भेदभावपूर्ण भाषण गर्ने नेताकोरुपमा उल्लेख गरेको छ ।
रिपोर्टमा टर्की, हंगेरी र फिलिपिन्सका नेतालाई पनि यस्तो व्यवहार प्रदर्शन गर्ने नेताको श्रेणीमा राखिएको छ ।
विभिन्न मुलुकका सरकारले राजनीतिक फाइदाका लागि शरणार्थीको उपयोग गर्ने गरेको रिपोर्टमा जनाइएको छ ।
१५९ देशलाई समेटेर तयार पारिएको एम्नेस्टीको रिपोर्टमा अमेरिका र युरोपमा शरणार्थीलाई निशानामा पारेर द्वेष फैलाउने गरेको उल्लेख छ ।
तर, यी मुलुकहरु आफूलाई मानवअधिकारको समर्थक बताउने गरेको भन्दै आलोचना गरिएको छ ।
भारतमा अभिव्यक्ति स्वतन्त्रता र सरकारी नीतिको आलोचना रोक्न दमनकारी कानुनको प्रयोग गरिएको रिपोर्टमा उल्लेख छ ।
राज्य र गैरराज्य पक्षबाट मानवअधिकारकर्मी र पत्रकारले धम्की र आक्रमणको सामना गर्नुपरेको एम्नेस्टीले आफ्नो रिपोर्टमा जनाएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्