
काठमाडौं, फागुन २१ । पाकिस्तानमा ४४ जना ‘चरमपन्थी’हरु पक्राउ परेका छन् ।
चरमपन्थी समूह जैश ए मोहम्मदका संस्थापक मसुद अजहरका भाइसमेत गरी ४४ जनालाई पक्राउ गरिएको पाकिस्तान सरकारले जनाएको छ ।
भारत प्रशासित कश्मिरको पुलवामा भएको आतंकवादी हमलाको जिम्मवारी जैश ए मोहम्मदले लिएपछि पाकिस्तान सरकारले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
मसुद अजहरका भाइ अब्दुर रउफकै नेतृत्वमा पछिल्लो समय आतंकवादी हमला हुँदै आएको थियो ।
उनीहरुको पक्राउप्रति जैश ए मोहम्मदले भने कुनै प्रतिक्रिया दिएको छैन । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्