२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


हिन्दूराज्यको एजेन्डा लिएर जनतामाझ जान कार्यकर्तालाई राप्रपा अध्यक्ष थापाको निर्देशन


0
Shares

राप्रपाको एकता महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरुको नतिजा सार्वजनिक तथा बधाइ समारोहलाई बुधबार राजधानीमा सम्बोधन गर्दै थापाले हिन्दूराज्यको एजेन्डा लिएर जनतामाझ जान नवनियुक्त सदस्य तथा कार्यकर्तालाई निर्देशन दिए ।

‘९० प्रतिशतभन्दा बढी जनता हिन्दू भएको राष्ट्र धर्मनिरपेक्ष हुन सक्दैन’ भन्दै थापाले ‘सनातन धर्म र ओमकार परिवारको पहिचान जोगाउन हिन्दूराज्य कायम गर्नैपर्छ’–भने ।

राप्रपा एकता महाधिवेशनले अध्यक्षमा थापासहित ९९ सदस्यीय केन्द्रीय समितिको चयन गरेको छ ।