
काठमाडौं, फागुन २१ । नेपाल र बंगलादेशबीच दोहोरो कर उन्मुक्ति सम्झौता भएको छ ।
दोहोरो कर उन्मुक्तिसम्बन्धी सम्झौतामा मंगलबार राजधानीमा राजश्वसचिव लालशंकर घिमिरे र बंगलादेशका राजश्वसचिव मुसरफ हुसेनले हस्ताक्षर गरे ।
अर्थमन्त्री डा. युवराज खतिवडा र नेपालका लागि बंगलादेशी राजदूतको उपस्थितिमा भएको सम्झौताअनुसार अब रोजगारी तथा व्यापारका लागि दुई देशका नागरिकले एकार्का देशमा बसेर आर्जन गरेको सम्पत्तिमा सोही देशमामात्रै कर तिरे पुग्ने व्यवस्था गरिएको छ ।
यो सम्झौताबाट नेपालमा लगानी गर्ने बंगलादेशी बहुराष्ट्रिय कम्पनीलाई सहज हुने बताइएको छ ।
सम्झौताले दुई देशबीच व्यापार प्रवर्द्धनमासमेत सहयोग पुर्याउने बंगलादेशका सचिव हुसेनले बताए ।
नेपालले यसअघि १० ओटा देशसँग यस्तो सम्झौता गरिसकेको छ भने बंगलादेशले ३५ देशसँग यस्तो सम्झौता गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्