१८ असार २०८२, बुधबार | Thu Jul 3 2025


घुस लिँदालिँदै भक्तपुर मालपोतका नासुसहित तीनजना पक्राउ


0
Shares

पक्राउ पर्नेमा मालपोत कार्यालय भक्तपुरका नायब सुब्बा ऋषिराम बुढाथोकी, कार्यालय सहयोगी केशवबहादुर खत्री र लेखापढी व्यवसायी विष्णुहरि न्हिुसुतू रहेको महानगरीय प्रहरी वृत्त जगातीले जानकारी दिएको छ ।

मालपोत कार्यालयअगाडिको खाजा पसलमा सेवाग्राहीसँग रु ६ लाख १४ हजार घुस लिँदैगर्दा अख्तियारको टोलीले बुधबार साँझ उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

मालपोत कार्यालयका प्रमुख कमल तिमिल्सिना र महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी निरीक्षक राजकुमार सिलवालको रोहवरमा अख्तियारको टोलीले घुस लिएको रकमसहित उनीहरुलाई नियन्त्रणमा लिएको छ ।

आयोगमा परेको निवेदनअनुसार विगत एक सातादेखि सो कार्यालयका कर्मचारीमाथि आयोगले निगरानी गर्दै आएकोे आयोगका कर्मचारी गोकुल पन्तले बताए । रासस