Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


रवीन्द्र अधिकारीको काजक्रिया सात दिनमै टुंग्याइयो


0
Shares

पोखरा, फागुन २१ । गन्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले स्व. रवीन्द्र अधिकारीले थालेका कामलाई पूर्णता दिनसकेमात्र उनीप्रति सच्चा श्रद्धाञ्जलि हुने बताएका छन् ।

दिवंगत संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको सातौं दिनको पुन्यतिथिमा मंगलबार पोखराको मालेपाटनस्थित निवासमा गरिएको श्रद्धाञ्जलिसभामा मुख्यमन्त्री गुरुङले अधिकारीले थालेका भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउनसके उनका सपना केही हदसम्म भएपनि पूरा हुने बताए ।

उनले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा अधिकारीकी धर्मपत्नी विद्या भट्टराईले दुःखको घडीमा सहानुभूति तथा समवेदना प्रकट गर्ने सबैमा आभार व्यक्त गरिन् ।

उनले मन्त्री अधिकारीले थालेका कामलाई पार्टी र सरकारले पूरा गर्ने विश्वास लिएको बताइन् ।

यही फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी मन्त्री अधिकारीसहित ७ जनाको निधन भएको थियो ।

हिन्दू संस्कारअनुसार १३ दिनसम्म हुने काजक्रिया मन्त्री अधिकारीको भने सात दिनमै टुंग्याइएको छ ।