२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


प्रहरीसँगको झडपमा घाइते भएका आरक्षपीडितको उपचारमा समस्या


0
Shares

कन्चनपुरको झलारी–पिपलाडी नगरपालिकाको कलुवापुरमा प्रहरीसँग विहीबार (हिजो) भएको झडपमा घाइते बनेका पीडितको महाकाली अञ्चल अस्पतालमा उपचारमा समस्या भएको हो ।

अस्पतालले पीडितको उपचार निःशुल्क गराएपनि अस्पतालमा पर्याप्त औषधि नहुँदा उपचारमा समस्या भएको हो ।

झडपमा घाइते भएका भूपेन्द्र सिंहको कानमा ठूलो घाउ भएको र उनलाई थप उपचारका लागि सेती अञ्चल अस्पताल पठाइएको छ भने अरु घाइतेको महाकाली अञ्चल अस्पतालमै उपचार भइरहेको छ ।

‘शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको’ भन्दै पीडितले प्रहरीको विरोध गरेका छन् ।

शुक्लाफाँटा वन्यजन्तु आरक्ष जग्गा अधिग्रहण मुआब्जा कार्यदलले पीडितको तथ्यांक संकलन फारम अद्यावधिक गर्न सूचना जारी गरेपछि पीडित आन्दोलित भएका थिए ।

२०५८ सालमा शुक्लाफाँटा आरक्ष विस्तारकाक्रममा उनीहरुलाई विभिन्न स्थानबाट विस्थापित गराइएको थियो ।

विस्थापितमध्ये विगतका आयोगले दुई हजार ४ सय ७३ परिवारलाई प्रमाणित गरेर परिचयपत्र वितरण गरेपनि पछि उक्त संख्याबाट घटाएर एक हजार ४ सय ८० मा झारेको भन्दै पीडित आक्रोशित भएका हुन् ।

यो पनि पढ्नोस्

कन्चनपुरमा तनावः प्रहरी र आरक्षपीडितबीच झडप, सात प्रहरीसहित दुई दर्जन बढी घाइते