Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


अस्पतालको सेवा–सुविधा गुणस्तरीय र भरपर्दो हुनुपर्छ : मन्त्री थापा


0
Shares

                                                                                     फाइल फोटो
स्वास्थ्यमन्त्री थापाले शुक्रबार काठामाडौंको सोह्रखुट्टेमा पर्यटकलक्षित २५ शैय्याको ‘एरा हेल्थ सेन्टर’को उद्घाटन गर्दै सरकारले तोकेको मापदन्ड पुर्‍याएर सन्चालनमा आएको सो अस्पतालले स्वदेशी तथा विदेशी पर्यटकको गुणस्तरीय स्वास्थ्य उपचारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

अस्पतालका अध्यक्ष डा. गिर्वाणराज तिमिल्सिनाले कुनैपनि विदेशी नेपाल आउँदाको समय बिरामी परे उपचार गर्न पाएनौं भन्ने गुनासो नहोस् भन्ने उद्देश्यले सो अस्पताल सन्चालनमा ल्याएको बताए ।

‘भविष्यमा यसलाई एसियाकै उत्कृष्ट ट्राभलर सेन्टर बनाउने उद्देश्य छ’–उनले भने ।

मुलुकमा विदेशी नागरिकका लागिमात्र भनेर खोलिएका अस्पताल नगन्य भएका अवस्थामा यस अस्पतालले पर्यटकको स्वास्थ्य उपचारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सो अस्पतालका निर्देशक भानु ढकालले बताए ।

सो अस्पतालबाट बिरामीले अन्तर्राष्ट्रिय मापदन्डअनुसारको उपचार सेवा पाउनसक्ने बताइएको छ । रासस