२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


४४० मेगावाटको तिला जलविद्युत् आयोजनाको पीपीए गर्न प्राधिकरणलाई ऊर्जाको निर्देशन


0
Shares

यस आयोजनामा कर्णालीका पाँचओटै जिल्लाका प्रत्येक घर–परिवारलाई एक/एक लाख रुपैयाँको सेयर दिने तयारी पनि ऊर्जा मन्त्रालयले गरेको छ ।

ऊर्जामन्त्री जनार्दन शर्माले यस आयोजनामा सरकारको १० प्रतिशत सेयर लगानी रहने गरी आयोजना अगाडि बढाउन निर्देशन दिएको मन्त्रालयका प्रवक्ता दिनेश घिमिरेले जानकारी गराए ।

आयोजनामा स्थानीयका लागि १० प्रतिशत सेयर लगानी छुट्टयाउने व्यवस्था छ ।

यस आयोजनामा कर्णालीका स्थानीय प्रत्येक घर–परिवारलाई एक/एक लाखको सेयर लगानी गर्न दिने मन्त्रिस्तरीय निर्णय भएको उनले बताए । त्यसका लागि आयोजना प्रबद्र्धकसँग प्रतिबद्धताका लागि छलफल हुनेछ ।

प्रबद्र्धक राजी भएमा डोल्पा, हुम्ला, जुम्ला, मुगु र कालीकोटका सबै परिवारले आयोजनामा एक/एक लाख रुपैयाँको सेयर लगानी गर्न पाउनेछन् ।

आयोजनाको लागत करिब ६४ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।