
मेक्सिकोका विदेशमन्त्री लुइस भिडेगारेले अमेरिकाबाट आउने केही वस्तुमा भन्सार शुल्क लिन सकिने बताए ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमामा पर्खालको निर्माण तोकिएभन्दा पहिले नै थालिने बताएका थिए ।
मेरिल्याण्डमा भएको कन्जरभेटिभ पार्टीको सम्मेलनमा राष्ट्रपति ट्रम्पले मेक्सिकोसँगको सीमामा पार गर्न नसकिने पर्खाल चाँडै ठड्याइने बताएका हुन् ।
आफूले जहिले पनि अमेरिकी नागरिकलाई पहिलो प्राथमिकतामा राख्ने भन्दै नराम्रा मानिसलाई भने अमेरिका बाहिर राख्ने विषयलाई प्राथमिकता दिने बताए ।
उनले आईएसलाई पूर्ण रुपमा नष्ट गर्ने तयारी भइरहेको पनि बताए ।
पर्खाल निर्माणकै लागि २१ अर्ब ५० करोड अमेरिकी डलरभन्दा धेरै लाग्ने होमल्याण्ड सुरक्षा मन्त्रालयको प्रतिवेदन रहेको छ ।
अमेरिकाले अर्को महिनाबाट पर्खालको डिजाइन प्रस्ताव स्वीकार्न सुरु गर्ने जनाएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्