
विराट एक्स्पो आयोजक समिति एवं विराटनगरका पर्यटनसँग सम्बद्ध संघसंस्थाले पूर्वाञ्चलमै पहिलोपटक यती एयरलाइन्सको विमानबाट माउन्टेन फ्लाइट सुरु गरेका हुन् ।
विराटनगरबाट सगरमाथा, मकालु, कञ्चनजंघा, गौरीशंकर हिमालसहितका हिमशृङ्खला हेर्ने गरी व्यवस्था मिलाइएको विराटनगर ट्राभल्स एसोसिएसनका अध्यक्ष भविशकुमार श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार यती एयरलाइन्सको जहाजमा २२ जना जान मिल्ने गरी विराट एक्स्पोलाई लक्षित गरेर माउन्टेन फ्लाइटको व्यवस्था गरिएको हो ।
कुल ५० मिनेटको उडानका लागि प्रतिव्यतिm ९ हजार रुपैयाँ भाडा तोकिएको छ । माउन्टेन फ्लाइटको नियमित उडान आगामी सोमबारसम्म हुनेछ ।
काठमाडौंबाट एक घन्टा ५ मिनेटमा अवलोकन गर्न सकिने हिमशृङ्ला विराटनगरबाट ५० मिनेटमा गर्न सकिने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्