२०८२ सालभित्र बालश्रमको अन्त्य गर्ने सरकारी लक्ष्य • Image Khabar Image Khabar


२०८२ सालभित्र बालश्रमको अन्त्य गर्ने सरकारी लक्ष्य


Imagekhabar
२९ जेष्ठ २०७५, मंगलवार ०१:०२

२०८२ सालभित्र बालश्रमको अन्त्य गर्ने सरकारी लक्ष्य

काठमाडौं, जेठ २९ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले २०८२ सालभित्र सवै किसिमका बालश्रमको अन्त्य गर्ने सरकारको लक्ष्य रहेको बताएका छन् ।

बालश्रमविरुद्ध कार्यरत विभिन्न संघ–संस्थाहरुले मंगलबार काठमाडौंको वसन्तपुरमा आयोजना गरेको कार्यक्रममा मन्त्री विष्टले यसका लागि सरकारले बालश्रमविरुद्धको गुरुयोजना तयार गरिरहेको बताउदै अबको केही दिनभित्र गुरुयोजना पारित हुने जानकारी गराए ।

मन्त्री विष्टले अझै पनि अशिक्षा, गरिबी र चेतनाको अभावका कारण लाखौको संख्यामा बालश्रमिकहरु रहेको बताए ।

बाल श्रमको सम्पूर्ण रुपमा अन्त्य गरी मर्यादित समाज निर्माणका लागि सवैको सहयोग आवश्यक रहेको उनको भनाइ थियो । 

 

प्रतिक्रिया दिनुहोस्