२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


बाँसको चिर्पटले टाउकोमा हानेर पूजारीको हत्या, २८ वर्षीय युवक पक्राउ


0
Shares

मन्दिरको ५० मिटर पश्चिमतर्फ पिसाब गर्न गएको समयमा बाँसको चिर्पटले टाउकोमा प्रहार गरी उनको हत्या गरिएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले स्थानीय २८ वर्षीय हर्कबहादुर माझीलाई अनुुसन्धानका लागि नियन्त्रणमा लिएको बर्दिवासका प्रहरी नायब उपरीक्षक शालीग्राम शर्माले जानकारी दिए ।

शाहीको शव परीक्षणका लागि सदरमुकाम जलेश्वर पठाइएको छ भने घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । रासस