Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


स्ववियु निर्वाचनः विद्यार्थीले क्याम्पस प्रमुखसहित पाँचजनालाई थुने


0
Shares

निर्वाचन समितिको कार्यालयमा शनिबार बैठक बसिरहकैबेला दुई विद्यार्थी संगठनले क्याम्पस प्रमुख खेमनाथ खतिवडा, निर्वाचन समितिका संयोजक गणेश पोखरेल, समितिका सदस्यहरु खड्गनारायण आङदेम्बे, थलप्रसाद ढुंगेल, रवीन्द्र खतिवडालाई कार्यालयको ढोकामा ताला लगाएर थुनिदिएका हुन् ।

ती दुई संगठनका विद्यार्थीहरुले निर्वाचन समितिले प्रकाशन गरेको विद्यार्थीहरुको अन्तिम नामावली पनि च्यातिदिएका छन् ।

क्रान्तिकारीका पाँचथर इञ्चार्ज जलकुमार तामाङले निर्वाचन समितिलाई पाँचजना अयोग्य विद्यार्थीहरुको अन्तिम नामावलीमा नाम प्रकाशन नगर्न आग्रह गरेपनि प्रकाशन गरेपछि तालाबन्दीसँगै नामावली च्यातेको बताए ।