एक अर्ब बराबरको हकप्रद सेयर जारी गर्दै सानिमा हाइड्रोपावर • Image Khabar Image Khabar


एक अर्ब बराबरको हकप्रद सेयर जारी गर्दै सानिमा हाइड्रोपावर


Imagekhabar
१४ फाल्गुन २०७३, शनिबार २०:२७

एक अर्ब बराबरको हकप्रद सेयर जारी गर्दै सानिमा हाइड्रोपावर

सेयर निष्कासनका लागि सानिमाले धितोपत्र बोर्डमा निवेदनसमेत दर्ता गरिसकेको छ ।

कुल ८२ मेगावाट क्षमताका दुई आयोजना अगाडि बढाउन हकप्रद सेयर निष्कासनको तयारी गरिएको सानिमा माई हाइड्रोपावरका प्रमुख कार्यकारी अधिकृत सुवर्णदास श्रेष्ठले जानकारी दिए ।

सो कम्पनीले २८ मेगावाटको तल्लो लिखु र ५४ मेगावाटको मध्य तमोर आयोजना बनाउनका लागि एक बराबर एक अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

हकप्रद सेयर निष्कासनपछि कम्पनीको चुक्तापुँजी रु दुई अर्ब ११ करोड ५० लाख पुग्नेछ । हाल कम्पनीको चुक्तापुँजी रु एक अर्ब पाँच करोड छ ।

लगानीको अन्य स्रोत हुँदाहुँदै पनि दुई आयोजनामा सर्वसाधारणको स्वामित्व होस् भनेर सेयर निष्कासन गर्न लागिएको आयोजनाले जनाएको छ ।

यसअघि, सानिमाले २२ मेगावाटको माई, सात मेगावाटको माइक्याकेड र साढे दुई मेगावाटको सुनकोसी साना जलविद्युत् आयोजना निर्माण गरिसकेको छ । रासस

प्रतिक्रिया दिनुहोस्