१९ जेष्ठ २०८०, शुक्रबार | Fri Jun 2 2023


हिलेमा निर्माणाधीन वेयर हाउसको काम अन्तिम चरणमा


0
Shares

धनकुटा । धनकुटाको हिलेमा निर्माणाधीन वेयर हाउसको काम अन्तिम चरणमा पुगेको छ ।

उन्नती परियोजना, अलैंची व्यवसायी महासंघ धनकुटा तथा उद्योग बाणिज्य संघ धनकुटाको संयुक्त लगानीमा ३ करोड २९ लाख रुपैयाँ खर्च गरेर वेयर हाउस निर्माण भइरहेको छ ।

अलैंची भण्डारणलाई पहिलो प्राथमिकतामा राखेर उच्च क्षमताको वेयर हाउस निर्माण गर्न लागिएको हो ।

वेयर हाउसमा मासु बाहेकका अधिकांश कृषिजन्य वस्तु आवश्यक तापक्रम अनुसार शून्यदेखि ५० डिग्रिसम्मको तापक्रममा भण्डारण गरिने बताइएको छ ।

आगामी एक महिनाभित्र अलैंचीलगायत कृषिजन्य वस्तु भण्डार गर्ने तयारी गरिएको वेयर हाउसमा २ लाख केजी वस्तु भण्डारण गर्ने क्षमता रहेको छ ।

सुरक्षा, आवास, कार्यालय रहेको १५ रोपनी क्षेत्रफलमा निर्मित  वेयर हाउसमा जेनेरेटर, डी हिमिनिटी फायर, हिमिनिटी फायर लगायतका प्रविधि जडान गरिएको छ ।

गत कात्तिकमा ‘अप्रेसन’ कार्य थालिने भए पनि प्राविधिक कारणले ढिलाई भएको उद्योग वाणिज्य संघका कार्यालय सचिव जयन्द्र प्रधानले जानकारी दिए ।

उत्तरपानी चिया बगानको नाममा रहेको जग्गा ३० वर्षका लागि भाडामा लिएर वेयर हाउस निर्माण गरिएको बताइएको छ ।