नवलपुर । चालू आर्थिक वर्ष २०७५/७६ को सात महिनाको अवधिमा नवलपुरमा विकास बजेट ३३ प्रतिशत मात्रै खर्च भएको छ ।
केन्द्रीय सरकारले नवलपुरमा यस वर्षका लागि जम्मा ३ अर्ब ६६ करोड ६५ लाख १ हजार रुपैयाँ कुल बजेट छुट्याएको थियो ।
जसमध्ये विभिन्न योजनाका लागि ३३ करोड ७७ लाख ५९ हजार रुपैंयाँ विकास खर्चको निम्ति छुट्याएको छ ।
चालू आर्थिक वर्षको माघ मसान्तसम्म जिल्लामा ७ करोड ८६ लाख ४० हजार रुपैयाँ मात्रै विकास खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय नवलपुरका सूचना अधिकारी रामप्रसाद भण्डारीले जानकारी दिए ।
जिल्लामा विकास खर्चको तुलनामा चालू खर्च २३ प्रतिशतले बढी भएको छ ।
यस वर्षका लागि ३ अर्ब ३२ करोड ८७ लाख ४२ हजार रुपैयाँ चालू खर्च रहेकोमा हालसम्म १ अर्ब ८६ करोड ५६ लाख ८७ हजार खर्च भएको कार्यालयले जनाएको छ ।
नवलपुरमा माघ मसान्तसम्म ३३ प्रतिशत विकास तथा ५६ प्रतिशत चालू बजेट खर्च हुँदा जम्मा बजेटको ५३ प्रतिशत बजेट खर्च भएको छ ।
त्यस्तै प्रदेश सरकारबाट प्राप्त बजेटको २.५६ प्रतिशत मात्रै विकास बजेट खर्च भएको छ ।
प्रदेश सरकारबाट १ अर्ब ३६ करोड ५३ लाख ३१ हजार रुपैयाँ कूल बजेट छुट्याएको थियो ।
जसमध्ये विभिन्न योजनाका लागि १ अर्ब २० करोड २९ लाख १० हजार रुपैयाँ विकास खर्चका लागि अख्तियारी दिइएको छ ।









प्रतिक्रिया दिनुहोस्