२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


अस्कर अवार्डमा ‘मुनलाइट’लाई सर्वोत्कृष्ट फिल्मको उपाधी, को-को भए उत्कृष्ट ?


0
Shares

अमेरिकामा सम्पन्न कार्यक्रममा उत्कृष्ट अभिनेताको उपाधि ‘म्यान्चेस्टर बाइ द सी’ का अभिनेता क्येसी याफ्लेले जितेका छन् ।

त्यसैगरी एम्मा स्टोनले फिल्म ला ला ल्याण्डबाट उत्कृष्ट अभिनेत्रीको उपधि जितेकी छन् । ‘ला ला ल्याण्ड’ फिल्मका लागि डेमियन स्येजल उत्कृष्ट निर्देशकमा पुरस्कृत भए ।

उत्कृष्ट एनिमेटेड चलचित्र जुटोपिया ठहरिएको छ । एनिमेटेड सर्ट फिल्मको उपाधी पाइपरले जितेको छ ।

बेष्ट सपोर्टिङ एक्टरतर्फको उपाधि पहिलो पटक मुस्लिम समुदायका नायक महेरशालाले मुनलाईट फिल्मबाट जितेका छन् ।

सपोर्टिङ रोल महिलातर्फ फेसेज फिल्मबाट कविओला डेबिसले बाजी मारिन् । चलचित्र जंगल बुकले बेष्ट भिजुएल इफेक्ट्सको उपाधी पाएको छ ।

अवार्ड वितरण कार्यक्रममा ला ला ल्याण्डलाई शुरुमा सर्बश्रेष्ठ फिल्म घोषणा गरिएको थियो ।

फिल्मका निर्देशक, निर्माता र कलाकारले अवार्ड लिएपछि निर्देशकले सम्बोधन गर्दै गर्दा ला ला ल्याण्डलाई सर्वोत्कृष्ठ फिल्म घोषणा भूलवश भएको भन्दै उनीहरुलाई रोकेर अवार्ड मागिएको थियो ।

यसपछि मात्र मुनलाइटलाई सर्वोत्कृष्ठ फिल्मको अवार्ड दिइएको थियो ।