Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


मेरो सपनामा दलित समुदायको साथ रह्यो : प्रधानमन्त्री दाहाल


0
Shares

सोमबार बिहान विश्व दलित संगठनका प्रतिनिधिहरुको भेटमा प्रधानमन्त्री दाहालले भने, ‘दलित समुदाय राज्यबाट सबै हिसाबले उत्पीडनमा पारिएको समुदाय हो । राजतन्त्र र एकात्मक सत्ताले दलितहरुलाई विभेद गर्‍यो, हामीले त्यसका विरुद्ध संघर्ष गर्‍यौं । सबै जाति, क्षेत्र, वर्ग, लिंग र सीमान्तकृत समुदायको अधिकारका पक्षमा दलितहरु खुलेर लागे । संघीय लोकतान्त्रिक गणतन्त्र र सबैको समान अधिकार मेरो सपना थियो, मेरो सपनामा दलितहरुको राम्रो साथ रह्यो ।’

विश्वव्यापी रुपमै संगठित भएर दलित अधिकारको पक्षमा आवाज उठाउनु स्वागतयोग्य रहेको भन्दै प्रधानमन्त्री दाहालले नेपाल सरकारले दलितहरुको मुद्दालाई संयुक्त राष्ट्र संघमा प्रभावकारी रुपमा राख्ने जानकारी दिए ।

भेटमा दलित अगुवाहरुले सीमान्तकृत समुदाय र दलितहरुको पक्षमा प्रधानमन्त्रीले व्यक्तिगत र संस्थागत रुपमा गरेको संघर्ष र संविधानमा लिपिवद्ध अधिकारबारे आफूहरु अवगत रहेको जानकारी गराउँदै दलितका मुद्दाहरुलाई संयुक्त राष्ट्र संघसम्म लगेर नीतिगत परिमार्जनमा सहयोगका लागि आग्रह गरेका थिए ।