२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


सुनसरीमा पेट्रोल र डिजेलको हाहाकार


0
Shares

१५ दिनदेखि पेट्रोल ढुवानी मजदुरको हड्तालका कारण ठप्प भएको पेट्रोलियम पदार्थको अभाव मजदुरहरुले हड्ताल फिर्ता लिँदासमेत सहज हुन सकेको छैन ।

आयाल निगमले सहजरुपमा पेट्रोल र डिजेल वितरण नगरेका कारण यस्तो समस्या भएको बताइएको छ ।

पेट्रोलियम पदार्थको अभाव भएपछि लामो तथा छोटो दुरीका सवारी–साधन सन्चालनमासमेत समस्या भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कोसी अञ्चलका उपाध्यक्ष लक्ष्मी बानियाँले बताए ।