
नाट्य एवं हास्यव्यंग्य क्षेत्रमा विशिष्ट योगदान गरेका नकर्मीका उपन्यास, कथा नेपालभाषामा स्नातकोत्तर तहको पाठ्यक्रममा समावेश छन् ।
बहुआयामिक प्रतिभाका धनी रामशेखरले आफ्नो जीवनको ६ दशक हास्यव्यंग्य लेखनमा बिताएका थिए ।
६ दशकको कला यात्रामा उनले व्यंग्य लेखनमात्र नगरी आफैंले लेखेका प्रहसनहरुको निर्देशनका साथै त्यसमा अभिनयसमेत गरेका थिए ।
नेपाल भाषाका थुप्रै टेलिसिरियल, फिल्ममा अभिनय, लेखन तथा निर्देशन गरेका उनले कवि दुर्गालाल श्रेष्ठसँग संयुक्तरुपमा नेपालभाषाको फिल्म ‘राजमति’को लेखनसमेत गरेका थिए ।
उनले मह जोडीको ‘१५ गते’ र ‘लक्ष्मी’लगायत नवीन सुब्बाको बहुप्रशंसित टेलिसिरियल ‘दलन’ तथा ऐतिहासिक पृष्ठभूमिमा बनेको चलचित्र ‘वीर गणेशमान’समेतमा अभिनय गरेका थिए ।
उनका चार छोरा र चार छोरी छन् ।
नकर्मीको सोमबारै भक्तपुरस्थित हनुमानघाटमा अन्त्येष्टि गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्