
बोर्डबाट हालसम्म ४१ ओटा बैंक तथा वित्तीय संस्थाहरुलाई आस्वा प्रणालीमा सहभागी भइ सेवा प्रदान गर्न अनुमति दिइएको छ ।
तर, हालैको सार्वजनिक निष्कासनमा यस प्रणालीमा सहभागी कतिपय बैंक तथा वित्तीय संस्थाहरुबाट सहज ढंगले सेवा प्रदान गर्न नसकेको भन्ने पाइएको भन्दै उक्त निर्देशन दिएको जनाएको छ ।
बोर्डले यस प्रणालीलाई प्रभावकारी तथा सहज बनाउन सम्बन्धित आस्वा प्रणालीमा सहभागी संस्थाका कर्मचारीहरुलाई शीघ्र आवश्यक तालिम तथा अन्तरक्रिया कार्यक्रम सन्चालन गरी क्षमता अभिवृद्धि गर्न भनेको छ ।
साथै, यस प्रणालीको कार्यान्वयन सम्बन्धमा कुनै समस्या देखापरेमा बोर्डलाई जानकारी गराउनसमेत बोर्डले निर्देशन दिएको जानकारी गराएको छ ।
प्रतिक्रिया दिनुहोस्