अवैध डेन्टल क्लिनिक सञ्चालन गर्ने पक्राउ • Image Khabar Image Khabar


अवैध डेन्टल क्लिनिक सञ्चालन गर्ने पक्राउ


Imagekhabar
१७ फाल्गुन २०७३, मंगलवार ०८:४९

अवैध डेन्टल क्लिनिक सञ्चालन गर्ने पक्राउ

लालमटिया–३, भालुवाङ बजारमा स्वर्गद्वारी डेन्टल क्लिनिक सञ्चालन गर्ने २६ वर्षीय समिर भण्डारी र भालुवाङ बजारमै मौसम प्याथोलोजी सेन्टर सञ्चालन गर्दै आएका २३ वर्षीय गौतम गिरीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक धीरजप्रताप सिंहले जानकारी दिए ।

भण्डारी र गिरीले प्याथोलोजी र डेन्टल क्लिनिक स्वीकृति नलिएरै सञ्चालन गर्दै आएका थिए ।

स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा स्वीकृति नलिएर जनताको स्वास्थ्यमा खेलवाड गरेको तथा औषधि समेत अवैधरुपमा बिक्री वितरण गरिरहेको भन्ने जनगुनासोको आधारमा भण्डारी र गिरीलाई पक्राउ गरिएको एसपी सिंहले बताए ।

पक्राउ परेकामाथि आवश्यक अनुसन्धान सुरु भएको उनले बताए । (रासस)

प्रतिक्रिया दिनुहोस्