
काठमाडौं, फागुन २० । नेपाल आयल निगमले ग्यास उद्योगीलाई वार्तामा आउन आह्वान गरेको छ ।
कमिसन वृद्धिलगायत विभिन्न माग राखी आन्दोलनमा उत्रिएका उद्योग व्यवसायीलाई निगमले वार्ताबाटै समस्या समाधान हुने भन्दै आन्दोलन फिर्ता गरी वार्तामा आउन आग्रह गरेको हो ।
अत्यावश्क वस्तुको बिक्री–वितरण नरोक्न भन्दै वार्तामा बस्न निगमले आग्रह गरेको हो ।
नेपाल एलपी ग्यास उद्योग संघले गत फागुन ८ गते पत्रकार सम्मेलन गरेर १० बुँदे माग पूरा गर्न दशै दिनको ‘अल्टिमेटम’ दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्