Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


‘सरकारले क्यान्सर रोग न्यूनीकरणका लागि ठोस नीति बनाउन सकेन’


0
Shares

नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरले मंगलबार राजधानीमा गरेको कार्यक्रममा क्यान्सर रोग विशेषज्ञहरुले सरकारले क्यान्सर रोग लागेका बिरामीलाई एक लाख रुपैयाँसम्मको सहयोग गर्ने कार्यक्रम ल्याएपनि क्यान्सर रोग न्यूनीकरणका लागि ठोस नीति बनाउन नसकेको बताए ।

नेपाल क्यान्सर अस्पतालका अध्यक्ष डा. सुदीप श्रेष्ठले नेपालमा वर्षेनि १५ हजार मानिसको क्यान्सर रोगकै कारण मृत्यु हुने गरेको भन्दै सरकारले क्यान्सर न्यूनीकरणका लागि नीति र योजना बनाउन नसकेको बताए ।

डा. श्रेष्ठले क्यान्सर रोग विशेषज्ञहरुको सहभागितामा क्यान्सर नियन्त्रणका लागि नीति बनाउन सरकारलाई सुझाव पनि दिए ।

यस्तै, क्यान्सर रोग विशेषज्ञ डा. विजेशराज घिमिरेले सरकारले निजी क्षेत्रसँगको सहकार्यमा क्यान्सर रोग न्यूनीकरणका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।