
अक्कल कुँवर (इमेज)
काठमाडौं, फागुन २० । प्रतिनिधिसभाले योगदानमा आधारित निवृत्तभरण व्यवस्थाका लागि बनेको ‘निवृत्तभरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७५’ पारित गरेको छ ।
राष्ट्रसेवकलाई पूर्णरुपमा निवृत्तभरण उपलब्ध गराउने व्यवस्थाका कारण खर्चको भार धान्न नसक्ने अवस्था आएपछि सरकारले योगदानमा आधारित पेन्सनको व्यवस्था गरेको हो ।
निवृत्तभरण प्रणालीलाई योगदानमूलक बनाउने र राष्ट्रसेवककोसमेत योगदानमा आधारित निवृत्तभरण कोष स्थापना गरी राष्ट्रसेवकका लागि आवश्यक सामाजिक योजनाहरु सन्चालन गर्ने व्यवस्था विधेयकले गरेको छ ।
प्रतिक्रिया दिनुहोस्