१ असार २०८१, शनिबार | Sat Jun 15 2024


भारतका वित्तमन्त्री जेट्ली काठमाडौंमा


0
Shares

मन्त्री जेट्लीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्टकक्षमा अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदी, भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय, काठमाडौंस्थित भारतीय दूतावासका प्रमुख विनयकुमार, परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले स्वागत गरेका थिए ।

विहीबार (आज) बिहानदेखि राजधानीमा जारी ‘नेपाल लगानी सम्मेलन’मा प्रमुख वक्ताकारुपमा भाग लिन नेपाल भ्रमणमा आएका मन्त्री जेट्लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग विहीबारै साँझ शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

परराष्ट्र मन्त्रालयकाअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल र आफ्ना नेपाली समकक्षी महरासँग मन्त्री जेट्लीले बेग्लाबेग्लै भेट गर्नेछन् । रासस