१९ जेष्ठ २०८०, शुक्रबार | Fri Jun 2 2023


चितवनमा सुरु भयो कृषि अक्सन बजार


52
Shares

चितवन । चितवन जिल्लामा किसान आफैँले तरकारी बेच्न पाउने गरि पहिलो पटक कृषि अक्सन बजार सञ्चालनमा ल्याइएको छ ।

कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकरण प्रबद्र्धन केन्द्र ललितपुरको आयोजनामा कृषि प्रबद्र्धन बजार विकास प्रालिले नारायणगढको महानगर तरकारी बजारमा कृषि अक्सन बजारको सुरूवात गरेको हो ।

आफूले लगाएको तरकारी आफैँले बजारमा ल्याएर बेच्न पाउँदा किसानहरुले धेरै राहत महसुस गरेका छन् ।

बजारबाट सरदर दैनिक ३५० किसान आफैँले तरकारी बेच्दै आएको समितिका सदस्य रामचन्द्र रेग्मीले बताए ।