Logo १३ चैत्र २०८२, शुक्रबार | Sat Mar 28 2026


प्रस्तावित राजदूतबारे सुनुवाइको तयारी, उजुरीका लागि सार्वजनिक सूचना प्रकाशन गरिने


0
Shares

उक्त मितिभित्र उनीहरुविरुद्ध उजुरी गर्न चाहने व्यक्तिले उचित कारण र व्यहोराको सूचना व्यवस्थापिका–संसद संसदीय सुनुवाइ समितिमा लिखितरुपमा पठाउनुपर्नेछ ।

सरकारले यही फागुन ९ गते विभिन्न १२ मुलुकका लागि राजदूत पदमा नियुक्तिका लागि नाम सिफारिस गरी उनीहरुको नाम संसदीय सुनुवाइका लागि समितिमा पठाएको थियो ।

समितिको शुक्रबारको बैठकले प्रस्तावित राजदूतको नाममा १० दिने संसदीय सुनुवाइका लागि सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको समितिका सचिव ध्रुव घिमिरेले बताए ।

सरकारले लक्की शेर्पालाई अस्ट्रेलिया, निरञ्जनकुमार थापालाई इजरायल, शर्मिला पराजुली ढकाललाई ओमान, रमेशप्रसाद कोइरालालाई कतार, अर्जुनजंगबहादुर सिंहलाई गणतन्त्र कोरिया, प्रतिभा राणालाई जापान, युवनाथ लम्साललाई डेनमार्क, चोपलाल भूसाललाई बंगलादेश, पदम सुन्दासलाई बहराइन, भीमकृष्ण उदासलाई म्यान्मार, विश्वम्भर प्याकुरेललाई श्रीलंका र महेन्द्रप्रसाद सिंह राजपुतलाई साउदी अरेबियाका लागि राजदूतमा सिफारिस गरी संसदीय सुनुवाइका लागि समितिमा पठाइएको थियो ।

नेपालको संविधानअनुसार संवैधानिक निकाय तथा राजदूतहरुको नियुक्तिका लागि संसदीय सुनुवाइको संवैधानिक व्यवस्था गरिएको छ ।

उनीहरु राजनीतिक दलको कोटामा राजदूतका लागि सिफारिस भएका हुन् ।

सरकारले अब उप्रान्त राजदूत नियुक्तिको प्रक्रियालाई व्यवस्थित एवं मर्यादित बनाउनका लागि उपयुक्त उम्मेदवारको छनोट गर्न योग्यता एवं कार्यअनुभवसमेतलाई समेटेर परराष्ट्र मन्त्रालयले राजदूत सिफारिस एवं नियुक्तिका लागि मापदन्ड तयार गरी स्वीकृतिका लागि मन्त्रिपरिषदमा पेस गर्ने निर्णय पनि गरेको छ । रासस