२७ जेष्ठ २०८०, शनिबार | Sat Jun 10 2023


एभर्टनसँग बराबरीमा रोखिएपछि लिभरपूललाई उपाधि यात्रामा धक्का


0
Shares

काठमाडौं । इङ्गलिस प्रिमियर लिग फुटबलमा लिभरपूललाई एभर्टनले गोलरहित बराबरीमा रोकेको छ ।

एभर्टनको मैदानमा गएराती भएको मर्सीसाइड डर्बी बराबरीमा सकिएपछि लिभरपूलको उपाधि यात्रामा धक्का लागेको छ ।

बराबरीसँगै लिभरपूलले अंक तालिकाको शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । लिगका २९ खेलबाट ७१ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा छ ।

७० अंकका साथ लिभरपूल दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको  टोटनह्याम हट्सपरको ६१ अंक छ ।

प्रिमियर लिग फुटबलमा गएराती चेल्सीले फुल्हमलाई २–१ ले हराउँदा वाट्फोर्डले लेष्टर सिटीलाई २–१ ले पराजित गरेको छ ।