
१ सय ५० कम्पनीहरुको एक अर्ब ५३ करोड ३१ लाख बराबरका ३३ लाख २० हजार कित्ता सेयरहरु खरिद–बिक्री भएका हुन ।
गत साता १ सय ६१ कम्पनीहरुको दुई अर्ब ७४ करोड ७४ लाख रुपैयाँ बराबरका ६२ लाख ३४ हजार कित्ता सेयरहरु खरिद–बिक्री भएका थिए । कारोबार रकम गत साताको तुलनामा ४४ प्रतिशतले कम हो ।
साताको सेयर बजार परिसूचक नेप्सेमा भने सुधार आयो । साताको परिसूचक पहिलो दिनको तुलनामा १६ अंकले बढेर अन्तिम दिन १३ सय २९ अंकमा पुग्यो ।
अन्य समूहमाबाहेक अरु कारोबार भएका सबै समूहमा सुधार आएसँगै साताको नेप्सेमा वृद्धि आएको हो ।
बीमा समूह सबैभन्दा उच्च १ सय ९५ अंकले बढ्यो । होटल समूह ९० अंकले बढ्यो भने वाणिज्य बैंक समूहमा पनि करिब १२ अंकको सुधार आयो । अन्य समूह करिब ५ अंकले घट्यो ।
यो साता कारोबार रकम, कारोबार भएको सेयर संख्याको र कारोबार संख्याको आधारमा पनि कुमारी बैंक नै अग्रस्थानमा रह्यो ।
कारोबार रकमको आधारमा कुमारी बैंकलाई नेपाल बंगलादेश बैंक, महालक्ष्मी विकास बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र शिखर इन्स्योरेन्सले क्रमशः पच्छ्याउन पुगे ।
प्रतिक्रिया दिनुहोस्