
काठमाडौं, फागुन १९ । आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी वैशाखमा पर्यटन मेला गरिने भएको छ ।
वैशाख १३ र १४ गते काठमाडौंस्थित भृकुटीमण्डपमा हुने आन्तरिक पर्यटन मेलाबारे आयोजक गन्तव्य नेपालले आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
पर्यटन भ्रमण वर्ष २०२० सफल बनाउन देशब्यापी रुपमा पर्यटन प्रवर्द्धनका लागि मेला आयोजना गरिएको आयोजकको भनाइ छ । मेलामा ७ वटै प्रदेशका विभिन्न पर्यटकीय गन्तव्यस्थलबारे जानकारी दिइनुका साथै विभिन्न सांस्कृतिक झाँकीहरु प्रस्तुत गरिने जनाइएको छ ।
मेलामा पर्यटन व्यवसायसँग सम्बन्धित विभिन्न संघ संस्थासहितका २ सय भन्दा बढि स्टलहरु राखिने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्