
काठमाडौं, फागुन १९ । उद्योगी एवं व्यवसायीले उद्योगमैत्री वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघको १५औं वार्षिक साधारणसभामा उद्योगी व्यवसायीले यस्तो माग गरेका हुन् ।
बैंक तथा वित्तीय संस्थाहरुको चर्को ब्याजदर, भन्सार शुल्क वृद्धि, विद्युत महशुल एवं भाडा वृद्धिका कारण आफूहरु समस्यामा परेको उनीहरुको भनाइ छ । सरकारले अझै पनि उद्योगीहरुको लागि उद्योगमैत्री वातावरण बनाउन नसकेको महासंघका अध्यक्ष माधव अधिकारीले बताए ।
बैंकको ब्याजदर ५ वर्षसम्म स्थिर राख्नुपर्ने, कच्चा पदार्थ तथा तयारी वस्तुको आयातमा १५ प्रतिशत फरक हुनुपर्ने महासंघको माग छ ।
प्रतिक्रिया दिनुहोस्