
‘उडें उडें म हेर’ बोलको गीतमा सुगम पोखरेल, सागर पाण्डे ,अस्मिता उप्रेती र कमल क्षेत्रीको स्वर रहेको छ । पोखरामा रमाइला स्थलहरु देख्न पाइने गीतमा सुगमकै शब्द तथा संगीत रहेको छ ।
सायद’, ‘होस्टेल’, ‘होस्टेल रिटन्र्स’ जस्ता सफल चलचित्र दिएको ब्यानर दुर्गिश फिल्मसले चलचित्र निर्माण गरेको हो । चलचित्रको निर्माता सुनिल रावल हुन् ।
निर्माण रावलसँग इश्वर श्रेष्ठ र सुभाष लामिछानेले सहकार्य गरेका छन् ।
पुष्पराज न्यौपाने निर्देशित चलचित्रमा सुशील श्रेष्ठ, अमृत ढुंगाना, स्यारोन श्रेष्ठ, कुशल पाण्डे, निशा कार्की, बुद्धिलाल मगर, सुनिल रावल, किरण शर्मा र कामना प्रंसाईंको मुख्य भूमिका रहेको छ । चलचित्रमा सुगम पोख्रेल र कालीप्रसाद बाँस्कोटाको संगीत दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्