६ असार २०८१, बिहिबार | Fri Jun 21 2024


हटिया–बुर्तिबाङ सडक निर्माणको काम तीब्र


0
Shares

बडागाँउदेखि पश्चिम खण्डमा कालोपत्रेका लागि सडक चौडा गर्ने, टेवा पर्खाल लगाउने, नाली काट्ने र ग्राबलिङ गर्ने काम पनि तीब्र रुपमा भइरहेको लोकमार्ग आयोजनाले जनाएको छ । बाग्लुङ खण्डमा पर्ने १ सय ३५ किलोमिटर सडकमध्ये घोडाबाँधेदेखि हटियासम्मको २० किलोमिटर सडकखण्ड यसअघि नै कालोपत्रे भइसकेको छ । बाँकी १ सय १५ किलोमिटर सडकलाई पनि विभिन्न खण्डमा छुट्याएर कालोपत्रे गर्न निर्माण कम्पनीसँग ठेक्का सम्झौता भई काम अघि बढेको छ ।

राष्ट्रिय गौरवका आयोजना मध्ये मध्यपहाडी लोकमार्गको काममा सबैभन्दा धेरै प्रगति भएको आयोजनाको विश्वास छ । हटियादेखि खर्बाङसम्मको १६ किलोमिटर सडकको काम अन्तिम चरणमा पुगेको छ भने खर्बाङदेखि भिमगिठे ठूलाबेसीसम्मको अर्को १६ किलोमिटर सडक चालु आर्थिक वर्षमा कालोपत्रे गर्ने गरी रौताहा कन्स्ट्रक्सनले निर्माणको काम गरिरहेको छ ।

लोकमार्गको बाग्लुङ खण्डमा आवश्यक पर्ने सोह्रवटा मोटरेवल पुल बनिसकेका छन् भने ३ वटा निर्माणाधीन अवस्थामा रहेको आयोजनाले जनाएको छ ।