२६ बैशाख २०८२, शुक्रबार | Sat May 10 2025


चीनले विकास दरको अनुमानित लक्ष्य घटायो


0
Shares

विश्वको दोस्रो ठूलो अर्थव्यवस्था भएको मुलुक चीनको यस वर्षको विकास दर साढे ६ प्रतिशत रहने अनुमान गरिएको छ । राजधानी बेइजिङमा आयोजित चिनियाँ जनकंग्रेसको वार्षिक अधिवेशमा प्रधानमन्त्री ली खछियाङले मुलुकको अनुमानित विकास दर सात प्रतिशतभन्दा कम घोषणा गरेका हुन् ।

उनले पार्टीको दृढ नेतृत्वमा चिनियाँ जनताले समस्या समाधानमा हिम्मत र विवेक प्रयोग गर्ने क्षमता राख्ने बताए ।

चिनियाँ अर्थ व्यवस्थामा पछिल्लो २६ वर्षमा सबैभन्दा सुस्त गतिको विकास गत वर्ष भएको मानिन्छ । गत वर्षको विकास दर सात प्रतिशत अनुमान गरिएको थियो । सम्मेलनमा पार्टी प्रमुख एवं राष्ट्रपति सि जिनपिङको दोस्रो कार्यकाललाई निरन्तरता दिने सम्भावना रहेको छ ।

बैठकमा ३ हजारभन्दा धेरै सदस्यको सहभागिता रहेको छ । (एजेन्सी)