
सीआइबीले आइतबार पत्रकार सम्मेलन गरी खड्कासहित पाँचैजना विरुद्ध रेड कर्नर नोटिस जारी गरेको जनाएको हो ।
ब्युरोले दुई महिना लामो अनुसन्धानपछि रेडकर्नर नोटिस जारी गरेका अभियुक्तहरुमा हरिशरण खड्का, रोशन भनिने गुप्तलाल भुसाल, रञ्जन पन्त, राजन प्रसाद पन्त र अर्जुनप्रसाद खरेल रहेका छन् ।
काभ्रे घर भई दुबइमा बस्दै आएका ३८ वर्षीय खड्का उक्त सुनको मालिक भएको ब्युरोले जनाएको छ । दुबईमा खड्काले ६ जना नेपालीसँग मिलेर सुन तस्करी गरिरहेको र प्रहरी तथा विमानस्थलका भन्सारका कर्मचारीलाई प्रलोभन दिएर लामो समयदेखि सुन तस्करी गरिरहेको पनि सीआइबीले जनाएको छ ।
उनीहरु ५ जना हाल दुवईमा रहेको र सो काण्डमा जम्मा १८ जना फरार रहेको समेत प्रहरीले जनाएको छ ।
सो काण्डसँग जोडिएका भरिया, भन्सारका कर्मचारी र प्रहरी अधिकृतहरु गरी अहिलेसम्म १२ जना पक्राउ गरिएको पनि प्रहरीले जनाएको छ । पक्राउ परेका एसएसपी श्याम खत्रीले हरेक पट सुन भित्र्याउँदा १ लाख लिने गरेको खुल्न आएको समेत प्रहरीले जनाएको छ । सुन राखिएको लगेजको फोटो म्यासेन्जरमार्फत नेपालमा सुन लिने व्यक्तिलाई पठाउने गरेको र उक्त फोटो भन्सारका कर्मचारीलाई पनि पठाइने गरेको पनि खुलासा भएको छ ।
सो मुद्दामा संगठित अपराध ऐन अन्तर्गत ३० जना विरुद्ध मुद्दा दायर गर्न सरकारी वकिलको कार्यालयमा गत शुक्रबार नै फाइल पठाइएको पनि सीआइबीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्