१० असार २०८१, सोमबार | Tue Jun 25 2024


रेष्टुराँमा काम गर्ने किशोरीले राष्ट्रपतिलाई सुनाए आफ्नो व्यथा


0
Shares

अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भ पारेर राष्ट्रपपति भण्डारीले उनीहरुसँग भेट गरेकी हुन् । सो अवसरमा उनले देश विस्तारै विकासको गतिमा अघि बढेको भन्दै असंगठित क्षेत्रमा काम गर्नेहरुको भविष्य पनि सुध्रने विश्वास ब्यक्त गरिन् ।

सरकारले महिला तथा बालबालिकाको क्षेत्रका लागि छुट्याएको बजेट लक्षित वर्गमा नपुगेको सन्दर्भमा त्यसको अनुगमन हुनुपर्नेमा राष्ट्रपति भण्डारीले जोड दिइन् ।

सो अवसरमा महिला बालबालिका तथा समाज कल्याणमन्त्री कुमार खड्काले महिलाहरुलाई शीपमूलक तालिम दिएर रोजगारीको अवसर सिर्जना गराउन मन्त्रालयले १५ करोड थप रकम पाएको जानकारी दिए ।

राष्ट्रपतिलाई भेट्न पुगेका रेष्टुराँमा काम गर्ने किशोरीहरुले भने आपूmहरुले कार्य क्षेत्रमा भोग्नु पर्ने सास्ती र शोषणको बारेमा राष्ट्रपति समक्ष गुनासो गरेका थिए ।

कार्यक्रमका अन्य सहभागीहरुले बालश्रम तथा महिलाहरु कार्यरत रहने क्षेत्रको निरन्तर अनुगमन गरी उनीहरुको सम्मानपूर्वक बाँच्न पाउने अधिकारको संरक्षण गर्न सुझाव दिएका थिए ।