
उत्तर कोरियाले गरेको परीक्षण गरेको मिसाइल जापानको समुद्रमा खसेको दाबी दक्षिण कोरियाका अधिकारीहरुले गरेका छन् ।
मिसाइलका बारेमा विस्तृत जानकारी नआएको दक्षिण कोरियाका अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
चीनसँग सीमा जोडिएको तोङच्याङ–री क्षेत्रबाट उत्तर कोरियाले मिसाइल परीक्षण गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ ।
गएको महिना पनि उत्तर कोरियाले नेता किम जोङ–उनको उपस्थितिमा नयाँ प्रकारको ब्यालेस्टिक मिसाइलको सफल परीक्षण गरेको थियो ।
संयुक्त राष्ट्र संघले उत्तर कोरियामाथि कुनै पनि प्रकारको मिसाइल परीक्षण तथा आणविक प्रविधि प्रयोगमा प्रतिबन्ध लगाएको छ ।
तर, उसले आफ्नो आणविक कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । गएको महिना भएको मिसाइल परीक्षणको संयुक्त राष्ट्रसंघ, अमेरिका, दक्षिण कोरिया तथा जापानले निन्दा गरेका थिए । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्