२६ बैशाख २०८२, शुक्रबार | Sat May 10 2025


जहाँ जान्छन्, सबैलाई लठ्ठ पार्छन् यी प्रधानमन्त्री (फोटो फिचर)


0
Shares

अन्तर्राष्ट्रिय संचारमाध्यममा उनलाई ‘कामुक नेता’ को संज्ञा दिने गरेकोसमेत पाइन्छ । किनकि उनी झट्ट हेर्दा जति आकर्षक देखिन्छन्, उत्तिकै शालिन र प्रभावशाली पनि छन् ।

केही साताअघि अमेरिका भ्रमणका क्रममा उनको एक तस्वीर अन्तर्राष्ट्रिय संचारमाध्यममा निकै चर्चित रह्यो । ह्वाइट हाउसमा उनीसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभान्का ट्रम्प बसेको उक्त तस्वीरलाई धेरैले विभिन्न कोणबाट व्याख्या गरे ।

तस्वीरमा इभान्का ट्रम्पले जस्टिन ट्रुडेउतर्फ सोझ्याएको नजर वास्तवमै त्यस्ता व्याख्याका लागि ठोस आधार बनेको हो ।

जर्मन चान्सलर एंगेला मर्केलसँगको उनको तस्वीर पनि त्यत्तिकै चर्चामा रह्यो । तस्वीरमा मर्केलका नजरले जस्टिन ट्रुडेउको व्यक्तित्वलाई वर्णन गरेको छ ।

बेलायतको शाही परिवारसँगको भेटमा पनि उनको व्यक्तित्वको प्रभाव प्रष्ट देखिएको थियो । महारानी एलिजावेथदेखि लिएर प्रिन्सेज केट मिडल्टनका नजर उनको मुहार मै टिकेको तस्वीरहरु अन्तर्राष्ट्रिय संचारमाध्यममा निकै चर्चित रहे ।

सार्वजनिक कार्यक्रममा सहभागी हुन जाँदा उनलाई युवतीहरुको समूहले घेराबन्दी नै गर्ने गरेको पाइन्छ । उनी पनि सहज रुपमा सेल्फीका लागि तयार हुने गर्दछन् ।

४५ वर्षीय ट्रुडेउ फेशनमा खास ध्यान दिन्छन् । उनको हातमा ट्याटु खोपिएको छ । उनी आम नागरिकजस्तै क्यानाडाको सडकमा पैदल हिँड्छन् । कुनै तामझाम विना उनी बसमा यात्रा गर्छन् ।

उनको मोहक व्यक्तित्का कारण नै बालबालिकादेखि लिएर युवा–युवती र बृद्ध–बृद्धासम्मले उनलाई निकै रुचाएको पाइन्छ ।

तीन सन्तानका पिता ट्रुडेउ बेलाबखत आफ्नी पत्नी र सन्तानका साथ छुट्टी मनाउन जाने गर्दछन् ।

क्यानाडाको प्रधानमन्त्री रहिसकेका पिताको निधनपछि उनी राजनीतिमा प्रवेश गरेका हुन् । सन् २००० मा पिताको निधन भएपछि उनले दिएको शोक सन्देश पुनः प्रशारणका लागि क्यानाडा ब्रोडकास्टिङ सर्भिसलाई दैनिक सयौं फोन आउने गरेको विषय पनि त्यतिबेला निकै चर्चामा थियो ।

(एजेन्सी)