३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


भारतमा मदर टेरेसा च्यारिटीमा काम गर्ने महिला शिशु बेचेको आरोपमा पक्राउ


0
Shares

काठमाडौं, असार २१ । भारतको झारखन्ड राज्यमा मदर टेरेसा च्यारिटीमा काम गर्ने एकजना महिला शिशु बेचेको आरोपमा पक्राउ परेकी छन् ।

ती महिलामाथि १४ दिनको शिशु बेचेको आरोप लगाइएको छ ।

केन्द्रका अरु दुईजना महिलालाई पनि सोही मुद्दामा सोधपुछका लागि पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् ।

उक्त शिशुलाई १ लाख २० हजार भारतीय रुपैयाँमा एक दम्पत्तीलाई बेचेको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । पक्राउ परेकी महिलाले शिशु बेचेको स्वीकार गरेको त्यहाँको प्रहरीले दाबी गरेको छ ।

राज्यको बालकल्याण समितिले च्यारिटीविरुद्ध प्राथमिक मुद्दा दर्ता गरेपछि प्रहरीले कारबाही अगाडि बढाएको हो ।

प्रहरीले संस्थाको कार्यालयमा छापा मारेर १ लाख ४० हजार भारतीय रुपैयाँ पनि जफत् गरेको छ ।

मदर टेरेसा च्यारिटीका विभिन्न केन्द्रहरुमा अविवाहित गर्भवती महिलाहरुलाई आश्रय दिने गरिन्छ । (एजेन्सी)